नियम ३६
मन्त्रालयले पठाउनु पर्ने विवरण
(१) मन्त्रालयले प्रत्येक महिना देहाय बमोजिमका विवरणहरु प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ ः—
(क) मन्त्रालयबाट भए गरेका मुख्यमुख्य कामहरु,
(ख) राजनीतिक, प्रशासनिक र शान्ति सुव्यवस्थाको स्थिति,
(ग) सामाजिक, आर्थिक र वैदेशिक सम्बन्धका क्षेत्रमा विकसित गतिविधिहरु,
(घ) वेरुजु फर्छ्यौट सम्बन्धी विवरण ।
तर खण्ड (ख) र (ग) मा उल्लिखित विषयक्षेत्रमा भएका महत्वपूर्ण तथा जरुरी कुरा सम्बन्धित
मन्त्रालयले तत्कालै जानकारी गराउनु पर्नेछ ।
(२) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समय समयमा माग गरेका कागजात तथा विवरणहरु
पनि सम्बन्धित मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ ।